गर्मी मौसममा संक्रामक रोगबाट जोगिने उपाय « Khabarhub

गर्मी मौसममा संक्रामक रोगबाट जोगिने उपाय

रोग प्रतिरोधात्मक क्षमता बढाउन के खाने के नखाने ?


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले पनि कोरोनाको अन्त्य भएको छैन । यसले विकराल रूप नै लिइरहेको छ। दैनिक रूपमा ५० देिख ६० जना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसको लागि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै आवश्यक रहेको छ । यो गर्मी मौसम हो। यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कम हुने र विभिन्न प्रकारका संक्रमित रोगका साथै परजीवीको टोकाइबाट लाग्ने रोग लागि रहन्छन् । यी रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु निकै आवश्यक रहेको छ ।

चिकित्सकको भनाइअनुसार हामीले खानपानमा त्यस्ता खानेकुरा समावेश गर्नुपर्छ जुन खानेकुराले शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास होस् । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्ने चिकित्सको भनाइ छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा के के समावेश गर्ने ?
रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्छ । के खाँदा रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ भन्ने विषयलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।
– कालो दालमा प्रचुरमात्रामा प्रोटिन हुनेगर्छ । त्यसकारण कालो दाललाई राम्ररी पकाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
– फर्सीको वियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ । त्यसैले यसको सेवन निकै लाभदायक मानिन्छ ।
– पुदीनाको पातमा भिटामिन सी, क्याल्सियम र फस्फोरससमेत पाइन्छ । यसको सेवनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
– पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खाँदा यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ ।
– हामीले जहिले खाना पकाउँदा धेरै प्रकारका तेलको प्रयोग गर्छौँ । त्यसको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ ।
– पहेंलो एक कप मकैमा १५.६ ग्राम प्रोटिन हुने गर्दछ । साथै मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुनेगर्छ । – भुटेको मकैमा फाइबरको मात्रा अत्यधिक हुन्छ । यसले पाँचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समेत समस्या हुँदैन ।
– माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । अण्डामा प्रोटिन र पोषण पाइने हुदाँ दिनैपिच्छे खान सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्तो व्यायम गर्ने ?
– हरेक दिन एक घन्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु राम्रो हुन्छ।
– व्यायाममा बिहान स्वच्छ हावामा एक घन्टा हिँड्न सकिन्छ।
– योग व्यायाम, सूर्य नमस्कार, पेटको व्यायाम, कब्जियत हटाउने आशन, शव आशन र प्राणायम गर्न सकिन्छ । जसले शरीरलाई बलियो र तगडा बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्दि गर्छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०१ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,