एमाले केन्द्रीय समिति बैठकमा आज बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने « Khabarhub

एमाले केन्द्रीय समिति बैठकमा आज बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

हिजो सुरु भएको केन्द्रीय समिति बैठक भोलि सकिनेछ । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले छलफलका लागि अजेन्डा पेस गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिस्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीबाट पद्मा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नेछन्,’ उनले भने, ‘उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिनेछ, समूह छलफल पछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हिजै आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरिसकेका छन् ।

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेस गरेका थिए । जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोसी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफ्नो प्रदेशको रिपोट प्रस्तुत गरेका थिए ।

बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ४० बजे

भूमि र वन सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई