नागरिक उन्मुक्तिसहित ९ दल आयोगको स्पष्टीकरणमा  « Khabarhub

नागरिक उन्मुक्तिसहित ९ दल आयोगको स्पष्टीकरणमा 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै नागरिक उन्मुक्तिसहित ९ राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही प्रक्रिया सुरु गरेको छ ।

आज सार्वजनिक सुचना जारी गर्दै आयोगले नागरिक उन्मुक्तिसहित ९ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । आयोगले ७ दिन भित्रमा चित्तबुझ्दो जवाफ नदिएमा कारबाही गर्ने चेतावनीसहित ७ दिने सार्वजनिक सुचना जारी गरेको हो ।

राजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ४१  को  उपदफा  (१)  बमोजिम  आयोगमा  दर्ता  कायम  रहेका  राजनीतिक  दलहरूले  आर्थिक  वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र सो लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने कानुनी दायित्व रहेको आयोगले स्मरण गराएको छ ।

‘आव २०७८-७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेस नगरी सो समयावधि व्यतीत भए पछि पेस गर्ने ९ (नौ) राजनीतिक दल लाई लेखा परीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईँलाई  राजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको सोही दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिनभित्र आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगले भनेको छ, ‘साथै आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर  दुई  आर्थिक  वर्षसम्म  पेस  नगर्ने राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

आयोगले स्पष्टीकरण सोधेका ९ वटा राजनीतिक दलहरूमा नेपाली ग्रिन्स पार्टी, नेपाल आमा पार्टी, नेपालवाद, त्रिमुल नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : १७ बजे

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह