लेखा परीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन « Khabarhub

लेखा परीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो । आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८-७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा (५) बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम)का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ ।

‘साथै  आर्थिक  वर्ष  २०७८-७९  को  लेखा  परीक्षण  प्रतिवेदन  कानुनले  तोकेको  समयभित्र  पेस  गर्ने  तपसिल  बमोजिमका  ८२  (बयासी)  राजनीतिक  दलहरूको  विवरण  आयोगको  वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ४४ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौँडा– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण

निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न

रसुवा– रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले

गरगहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड

डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको