अवैध लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित पाँच जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुर, बाँके र मोरङबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

कञ्चनपुरकाे भिमदत्त नगरपलिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९१ मिलिग्राम, नगद ३२ हजार ६ सय ३५ रुपैयाँ र मोबाइल ३ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकाे बैजनाथ गाउँपालिका-६ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-३ बस्ने २३ वर्षीय अजयमान चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय शिव थारु रहेका छन् ।

प्रहरी चौकी सम्झनाचोकबाट खटिएको प्रहरीले बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको भे.११ प १९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्रामसहित धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने ३४ वर्षीय गणेश कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ०५ बजे

मोरङ–३ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–६ र ८ मा पनि रास्वपाको अग्रता

काठमाडौं– काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

यस्तो छ रसुवा–आरुखर्क मतदान केन्द्र नौकुण्ड–१ को मत परिणाम

रसुवा क्षेत्रको नौकुण्ड–१ मतदान केन्द्र (७६१ मत गणना) अनुसार प्रतिनिधि

प्रारम्भिक मतपरिणाम : रास्वपा कति मतले अहिलेसम्म कुनकुन स्थानमा अगाडि ?

काठमाडौँ – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ