ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक « Khabarhub

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर घट्न थालेको उल्लेख गरेको हाे ।

राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ, ‘ब्याजदर क्रमशः घट्न थालेको छ । फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ ‘यसर्थ, समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ ।’ बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात केही बढेको राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्ति, विगतमा कर्जा प्रवाहमा भएको तीब्र विस्तार र बैंकिङ क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिका कारण निष्क्रय कर्जा बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ४६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी