बाह्र दिनदेखि हराएका गुरुङको शव फेला  « Khabarhub

बाह्र दिनदेखि हराएका गुरुङको शव फेला 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँमा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका-९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भीरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्  ।

बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँड्नु भएका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : ०२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी