ब्रेकिङ स्टोरी

राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा अरु दललाई पनि बोलाइयोस् : रास्वपा सभापति लामिछाने

By खबरहब

May 12, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा संसदका अरु दललाई पनि सहभागी गराउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताका क्रममा सभापति लामिछानेले राष्ट्रिय सरोकारका मुद्दामा तीन प्रमुख दलका शीर्ष नेताबीच मात्रै छलफल हुँदै आएको भन्दै यस्ता छलफलमा संसदमा सहभागी अन्य दललाई पनि सहभागी गराउन माग गरे ।

सभापति लामिछानेले संसदमा आफ्नो दल चौथो शक्तिको रुपमा रहेको उल्लेख गर्दै राप्रपा पनि नयाँ अभमितका साथ आएकाले यसतर्फ ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।