रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी « Khabarhub

रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले आफ्नो बहुप्रतिक्षित प्रतिआक्रमण कारवाहीको पहिलो दिनमा देशको दक्षिण पूर्वमा रहेको ब्लाहोदात्ने, मकारिभकानेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको पुष्टि गरेका छन् ।

शनिबार राष्ट्रपति जेलेन्स्कीले प्रतिआक्रमण सुरु भएको बताएका थिए ।

युक्रेनले कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सव मनाइरहेको भन्दै केही सामाजिक सञ्जालमार्फत तस्वीर तथा भिडियो सार्वजनिक गरेको छ ।

तर रुसले भने आफ्नो नियन्त्रणमा रहेको एक इन्च जमिन पनि युक्रेनले फिर्ता लान नसकेको बताएको छ ।

रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : २६ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६