काठमाडौँ– थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड पश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला रहने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया