सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घट्यो | Khabarhub Khabarhub

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घट्यो


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो । 

तेजाबी सुनको मूल्य पनि  एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ११ : ५४ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही