सोमबार शेयर बजार बढ्यो « Khabarhub

सोमबार शेयर बजार बढ्यो


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीव्र उतार चढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूह तीन दशमलव ०१, होटल तथा पर्यटन समूह चार सय ५१ दशमलव ९९, जीवन बीमा समूह सात दशमलव ६६, उत्पादन तथा प्रशोधन एक सय दुई दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ६५ अङ्कले बढेको छ ।

परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् सात दशमलव ८८, लगानी शून्य दशमलव ०५, म्यचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा पाँच दशमलव ७० र व्यापार समूह तीन दशमलव ४० अंकले घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रू १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार सात सय ४९ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ३ : ५२ बजे

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर