सोमबार शेयर बजार बढ्यो « Khabarhub

सोमबार शेयर बजार बढ्यो


२९ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीव्र उतार चढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूह तीन दशमलव ०१, होटल तथा पर्यटन समूह चार सय ५१ दशमलव ९९, जीवन बीमा समूह सात दशमलव ६६, उत्पादन तथा प्रशोधन एक सय दुई दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ६५ अङ्कले बढेको छ ।

परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् सात दशमलव ८८, लगानी शून्य दशमलव ०५, म्यचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा पाँच दशमलव ७० र व्यापार समूह तीन दशमलव ४० अंकले घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रू १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार सात सय ४९ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ३ : ५२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष