दोस्रो दक्षिण एसियाली चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने « Khabarhub

दोस्रो दक्षिण एसियाली चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने


२९ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो दक्षिण एसियाली चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ । च्याम्पियनसिपमा हरेक देशबाट एक एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरि १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् ।

राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए ।

च्याम्पियनसीप सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको उनले बताए ।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् भने महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउने छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ४ : ३५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४