कांग्रेस केन्द्रीय समिति बैठक आज सुरु हुँदै | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज सुरु हुँदै


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

अघिल्लो वर्ष साउन २७ गतेदेखि नै सुरु भएको बैठक एक वर्षपछि आज सुरु हुन लागेको हो । बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने छ ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई-दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो

पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार आज बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डालाई अन्तिम रूप दिइनेछ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने छ ।

यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ०३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग