सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा « Khabarhub

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा

दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने माओवादी सचिवालयले जनाएको छ ।

यसअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिक अस्पताल परिसरमा राखिएको थियो । नर्भिकमा दलका शीर्ष नेताहरु, माओवादी केन्द्रका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुको ठूलो भीड लागेको थियो ।

स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ ।

हृदयघात भएपछि आज बिहान नर्भिकक अस्पताल लगिएकी सीताको उपचारकै क्रममा बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।

दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी०’ बाट लामो समयदेखि पीडित थिइन् ।

 

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै