सीता दाहालको पार्थिव शरीर पशुपति आर्यघाटमा पुर्‍याइयो | Khabarhub Khabarhub

सीता दाहालको पार्थिव शरीर पशुपति आर्यघाटमा पुर्‍याइयो


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालकाे अन्त्येष्टिको तयारी गरिएको छ ।

अहिलेको उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुर्‍याइएको छ। उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा  राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट ल्याइएको हो ।

नर्भिक अस्पतालबाट दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय लगिएको थियो ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : ०६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर