एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान « Khabarhub

एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लण्डन–  आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन हुन लागेको हो ।

गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलन गर्दै सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरूको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट दर्ता सुरु गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालको समृद्धीमा गैरआवासीय नेपालीहरूको आर्थिक लगानी जति महत्वपूर्ण छ त्यो भन्दा बढी ज्ञान, सीप र प्रविधिको लगानीको महत्व रहेको वताए । उनले गैरआवासीय नेपाली अभियानमा बौद्धिक व्यक्तित्वहरूलाई सहभागी गराउने नीति लिएको बताए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा  ज्ञान सीप र प्रविधि विभाग प्रमुख  डा. हेमराज शर्माका अनुसार नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको हो । सम्मेलनले विद्यमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने सम्मेलन तयारी समितिका संयोजक डा. राजु अधिकारीले जानकारी दिए ।

‘‘विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघसंस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ’, संघद्वारा शुक्रवार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मूल नारा रहेको सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र ऊर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहेका विज्ञहरू, र नेपालसँग जोडिएका विदेशी विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधिमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, वैदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा वृहत छलफल गरिने छ ।

यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ ।

सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरू गठन गरिएको सम्मेलन आयोजक समितिका उपसंयोजक डा. देवी बस्नेतले बताए।  

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ५३ बजे

‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’

वाशिंगटन- गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न

सशस्त्र प्रहरीका जवानसहित दुईजना दुई दिनदेखि बेपत्ता, महाकालीमा फेला पर्‍यो ट्युब

अमरगढी– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुईजना

सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

खाँदबारी– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा

‘शेन्झोउ–२१’  अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता

बेइजिङ– चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु,

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन– अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न