चिनियाँ जेलमा रहेकी अष्ट्रेलियाली महिला पत्रकार भन्छिन्– ‘एक वर्षमा १० घन्टा मात्रै घाम देखेँ’ « Khabarhub

चिनियाँ जेलमा रहेकी अष्ट्रेलियाली महिला पत्रकार भन्छिन्– ‘एक वर्षमा १० घन्टा मात्रै घाम देखेँ’


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

सिड्नी– जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनको जेलमा रहेकी चिनियाँ अष्ट्रेलियाली महिला पत्रकार चेङ लेईले चकित पार्ने खुलासा गरेकी छन् ।

चेङ लेईले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन् । महिला पत्रकारका अनुसार उनलाई वर्षमा १० घण्टा मात्र घाममा उभिन दिइन्छ । लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेकी छन्, जसको नाम उनले प्रेम पत्र राखेकी छन् ।

४८ वर्षीय चेङलाई सन् २०२० को अगस्टमा चीनको गोप्य कुरा अर्को देशसँग बाँडेको आरोपमा पक्राउ गरिएको थियो । चेङ त्यतिबेला चिनियाँ सरकारी टेलिभिजनका लागि व्यावसायिक टेलिभिजन एङ्करको रूपमा काम गर्दै थिइन् । 

पक्राउपछि उनको यो पहिलो सार्वजनिक बयान हो । आफ्नो पत्रमा महिला पत्रकारले लेखेकी छिन्, ‘मेरो कोठरीको झ्यालबाट सूर्यको किरण आउँछ तर म वर्षमा १० घण्टा मात्र घाममा उभिन सक्छु ।’

उनले आफ्नो चिठ्ठीमा लेखेकी छन्,  ‘विगत तीन वर्षदेखि मैले एउटा रुख पनि देखेको छैन । म नदी, ताल, समुद्री तट र पिकनिक स्थल मिस गर्छु। म मेरा बच्चाहरूलाई धेरै मिस गर्छु। उनको सन्देश हालै चेङका पार्टनर निक कोलले अस्ट्रेलियाली समाचार आउटलेटहरू र सोसल मिडिया प्लेटफर्महरूमा साझा गरेका थिए।

चीन र अष्ट्रेलियाबीच तनाव बढ्दै गएको बेला चेङलाई हिरासतमा लिइएको थियो । अष्ट्रेलिया सरकारले पनि उनको हिरासतका बारेमा बारम्बार चिन्ता व्यक्त गरेको छ। तर, चेङको मुद्दामा अहिलेसम्म कुनै निर्णय आएको छैन । योसँगै चीनले पत्रकारको कथित अपराधको कुनै विवरण सार्वजनिक गरेको छैन।

चेङ लेईको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङले भने, ‘सम्पूर्ण देश चेङलाई ‘आफ्ना बच्चाहरूसँग पुनर्मिलन भएको’ हेर्न चाहन्छ।’ उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाले लगातार चेङको वकालत गरेको बताए । साथै, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मानव व्यवहारको आधारभूत मापदण्ड पूरा गर्न चीनलाई दबाब दिइएको जनाएका छन् ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : १२ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको