अमेरिकी जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो  « Khabarhub

अमेरिकी जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो 


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

हवाई– अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो । 

धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताएका छन् ।

हवाईका गभर्नरले भनेका छन् कि मृत्युहरू खुला ठाउँमा भएको हो र भवनहरू भित्र होइन। मृतकको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।

हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ। चेतावनीको साइरन किन बजेनन् भन्ने पनि छानबिन हुनेछ, जसका कारण बासिन्दा सचेत हुन सकेका छैनन् । गत हप्ताको सुरुमा हवाईमा आगलागी भएको थियो, जुन अनियन्त्रित अवस्थामा पुगेको थियो ।

हवाईका गभर्नर जोस ग्रीनले लाहाइना नजिकैको आगो पहिले निभाइएको र त्यसपछि दमकल विभागले अन्य क्षेत्रमा ध्यानाकर्षण गराए पनि पछि आगोले लाहाइना सहरलाई ध्वस्त पारेको बताए। 

आगलागीका कारण दूरसञ्चार प्रणालीमा क्षति पुगेको गभर्नरले जनाएका छन्, जसका कारण मानिसले एकअर्कालाई सचेत गराउन पनि सकेनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हवाईका गभर्नर जोस ग्रीनसँग कुरा गरेका छन्। उक्त कुराकानीमा गभर्नरले राष्ट्रपतिलाई अवस्थाबारे जानकारी दिँदै सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए । 

अमेरिकी सरकारले हवाईमा भएको आगलागीबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी सरकारले हवाईमा घरहरू पुनर्निर्माण र मर्मत गर्नेछ र मानिसहरूलाई किफायती ब्याज दरमा ऋण पनि उपलब्ध गराइनेछ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ४४ बजे

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र