लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी सेमिफाइनलमा प्रवेश « Khabarhub

लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी सेमिफाइनलमा प्रवेश


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा चार्लोट एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै इन्टर मियामी सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा मियामीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१ गोल गरेका थिए । अर्को गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका कप्तान मेस्सीले पाँच खेलमा लगातार गोल गर्दै राम्रो प्रदर्शन गरेका छन् । उनले पाँच खेलमा ८ गोल गरेका छन् ।

मियामीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ५९ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच