संसद खुलाउन कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह « Khabarhub

संसद खुलाउन कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवरुद्ध संसद खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् ।

आज कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले निरन्तर संसद अवरोध गर्नु उचित नभएको भन्दै ठूलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताए ।

उनले संवादमार्फत संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालेले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अवरोध हटाउन पहल गर्नुपर्छ ।’

विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : ०६ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार