सूचनाको हकका लागि समुदाय जागरण अभियान « Khabarhub

सूचनाको हकका लागि समुदाय जागरण अभियान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकका अभियानकर्मी सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्न सक्रिय बनेका छन् । गत असार ३१ गते विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम आज घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँ एवं काठमाडौँ उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोबाट सुरु भएको अभियान मैतीदेवी मन्दिर क्षेत्रमा पुगेर समापन गरिएको थियो । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ नाराका साथ सुरु भएको प्रभातफेरीमा ‘सूचना किन माग्ने रु’, ‘सूचना कहाँ माग्ने रु’, ‘कस्ता सूचना माग्ने रु’, ‘सूचना कसरी माग्ने रु’, ‘कसलाई माग्ने रु’, ‘सूचना नदिनेलाई के हुन्छ रु’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

सूचनाको हकसम्बन्धी जागरणमूल गीतसहित गरिएको जागरणमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको महासङ्घ उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारीले जानकारी दिए। कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले काठमाडौँका बस्ती बस्तीमा सुरु गरिएको अभियानले सूचनाको हकका विषयमा नागरिकलाई जानकारी दिने काम गरेको बताए ।

महासङ्घ, जिल्ला कार्यसमिति काठमाडौँले आगामी भदौ २ गते समुदाय जागरण कार्यक्रम गोेकर्णेश्वर नगरपालिका–१ ओखरेनी, चिलाउने र मूलखर्क गाउँलाई केन्द्रित गरेर गर्ने भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : १७ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६