सुन काण्डमा बोल्दा शर्मामाथि प्रतिशोध साँधियो : कोइराला « Khabarhub

सुन काण्डमा बोल्दा शर्मामाथि प्रतिशोध साँधियो : कोइराला


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा उनीमाथी राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्। 

शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताएका हुन् ।

नेता कोइरालाले सुन काण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आशंका व्यक्त गरे । उनले देश अराजकतातिर उन्मुख भइरहेको बताए । नेता कोइरालाले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीले आफ्नो मातहतमा राखेर त्यसको लाभ उठाउने काम भइरहेको बताएका छन् ।

यसैबीच कोइरालाले राजनीतिमा प्रतिशोध राख्ने प्रवृत्ति भित्रिए त्यसले व्यक्ति, पार्टी र देशलाई समेत क्षति पुर्‍याउने बताए । 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा