कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै « Khabarhub

कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले बेलौरी–कलुवापुर–नायल–बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५-१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन थालिएको नगरपालिकाले जनाएको छ । कलुवापुर चोकदेखि दक्षिण बन्साहतर्फको आठ सय मिटरअन्तर्गत निर्माण भएका अवैध संरचना हटाउने काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए  ।

“यसअघि सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउनका लागि दुईपटक सार्वजनिक सूचना प्रकाशित गरिसकेका छौँ”, उनले भने, “तेस्रो अन्तिम पटक सूचना जारी गरी तीन दिनभित्र खोका, छाप्रालगायत संरचना हटाउन भने पनि हटाइएका छैनन् ।”

पटकपटकको सूचनालाई अटेर गरेपछि अवैध रुपमा निर्माण गरिएका खोका, छाप्रा, टहरालगायत संरचना हटाउन सुरु गरिएको अधिकृत भट्टले जानकारी दिए । सडकको जग्गा मिचेर बनाइएका ती संरचना फेरी पनि नहटाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । उनका अनुसार सडक छेउमा  एक सय बढी संरचना निर्माण गरिएका छन् ।

यसरी सडक छेउमै अवैध संरचना निर्माण हुँदा पानी निकास थुनिएर कलुवापुर बजार क्षेत्र डुबानमा पर्ने गरेको अधिकृत भट्टले बताए । उनका अनुसार अल्पकालीनरुपमा प्रहरीको सहयोगमा नगरपालिकाले तीन दिनअघि दुई महिनादेखिको डुबान क्षेत्रको पानी निकास गरेको छ । 

सडकको दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले सडक छेउमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य भइरहेको नगर उपप्रमुख कल्पना पन्तको भनाइ छ । ‘ढल निकासको व्यवस्था गरे बजार क्षेत्र डुबानमा पर्दैन’, उनले भने, ‘त्यसैले सडकका दुवै किनाराका अवैध संरचना हटाउने कार्यमा लागेका छौँ । यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’ 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : २५ बजे

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र