अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज; केरा, स्याउ, उखु, खर्बुजा र चनाको खुराक « Khabarhub

अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज; केरा, स्याउ, उखु, खर्बुजा र चनाको खुराक


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

चितवन- १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा वनभोज खुवाइएको हो ।

हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजीस्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो ।

हात्तीलाई पौष्टिक आहारको रुपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो । कार्यक्रममा सहभागीहरुले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए ।

नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्याङ्क छ । सन २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ५४ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर