अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज; केरा, स्याउ, उखु, खर्बुजा र चनाको खुराक | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज; केरा, स्याउ, उखु, खर्बुजा र चनाको खुराक


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

चितवन- १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा वनभोज खुवाइएको हो ।

हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजीस्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो ।

हात्तीलाई पौष्टिक आहारको रुपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो । कार्यक्रममा सहभागीहरुले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए ।

नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्याङ्क छ । सन २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ५४ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज