आगामी निर्वाचनमा दुई तिहाइ आए पहिचानसहितको संघीयता लागू गर्न अफ्ठेरो छैन : मन्त्री मोदी « Khabarhub

आगामी निर्वाचनमा दुई तिहाइ आए पहिचानसहितको संघीयता लागू गर्न अफ्ठेरो छैन : मन्त्री मोदी


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाइ नजिक आए संविधान संशोधन गरेर पहिचानसहितको संघीयता लागू गर्न कुनै अफ्ठेरो नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाएपनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको बताए । उनले तिहाइ नजिकको मत आए पहिचानसहितको संघीयता लागू गर्न कुनै अफ्ठेरो नरहेको पनि बताएका हुन् ।

पहिचानसहितको अधिकार माग गर्नेहरुले नै निर्वाचनका बेला अन्य पार्टीलाई मत दिदा समस्या भएको उनको भनाइ छ । मन्त्री मोदीले प्रदेशको नामाकरणको अधिकार सम्बसन्धत प्रदेशसभालाई हुने भएपनि एक नम्बर प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने आफ्नो धारणा रहेको जिकिर गरे ।

पहिचानसहितको संघीयता लागू गर्नका लागि माओवादीबाट भएका त्रुटीहरुको समीक्षा पनि भइरहेको उनको भनाइ छ । त्यस्तै, मन्त्री मोदीले वर्षौदेखि बन्न नसकेको संघीय निजामति ऐन आफू आएपपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुग्ने प्रक्रियामा रहेको जानकारी दिए ।

कार्यक्रममा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० पत्रकार दिलीप थापा मगरलाई प्रदान गरिएको थियो । त्यस्तै, फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । त्यसैगरी, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ०६ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल