मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्नेछ : अर्थमन्त्री महत | Khabarhub Khabarhub

मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्नेछ : अर्थमन्त्री महत


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संजाल (आयोन) ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री महतले कोरोना, अन्तर्राष्ट्रिय परिस्थिति लगायतका कारण आर्थिक क्षेत्रमा देखिएको समस्या अस्थायी भएको बताए । उनले अब मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने दाबी गरे ।

उनले मुलुक विकासको बाटोतर्फ अघि बढेको र यहीँ पर्याप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गरे । लामो समय विदेशमा बसेर फर्केकाहरुले पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा नै व्यवसाय गरिरहेको उनको भनाइ छ ।

मन्त्री महतले बजेटको न्यूनताका बाबजुत युवा उद्यमशीलता र सूचना प्रविधि क्षेत्रमा ठूलो रकम छुट्याएको जानकारी दिए ।

त्यस्तै, मन्त्री महतले अहिले मुलुकमा विदेशी लगानी र सहयोग लिनका लागी प्राथमिकता निर्धारण गर्ने र आन्तरिक स्रोतलाई बलियो बनाउने गरी अर्थमन्त्रालयले काम गरिरहेको बताए ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : २३ बजे

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी