सरकारले पाकिस्तानी राजनीति सुरु गर्‍यो : अध्यक्ष ओली « Khabarhub

सरकारले पाकिस्तानी राजनीति सुरु गर्‍यो : अध्यक्ष ओली


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।

उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिए । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनको आरोप छ । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कूल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको उनले तर्क गरे ।

सांसद शर्मालाई अहिलको अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन नमानेर सरकारले आफू छानबिन गर्छु भन्नु रहस्यमय रहेको बताए । उनले एमालेले सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तपक्षहरुले होहल्ला गरेर बोल्न नदिएको जिकिर गरे ।

त्यस्तै, उनले कांग्रेस के र कसका लागिपछि लागेको हो भन्ने बुझ्न नसकिएको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मबल नै गुमाइसकेको टिप्पणी गरे । उनले चार वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने रहर कांग्रेसमा देखिएको उल्लेख गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : ५६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,