नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु « Khabarhub

नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो ।

प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको छ भने २५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये सात जना गम्भीर घाइते भएका छन् ।” उहाँले भन्नुभयो, “उद्धार कार्य समाप्त भएको छ र घटनाको पूर्ण अनुसन्धान सुरु भएको छ ।”

जारियाका अमिर अहमद बामालीले स्थानीय सञ्चारमाध्यमसँग भने, “हामीले एक दिन अघि मस्जिदको भित्तामा चर्केको देखेका थियौँ र यो दुर्भाग्यपूर्ण घटना हुँदा मर्मतका लागि सिभिल इञ्जिनियरको टोली खटाउने योजना बनाइरहेका थियौं ।”

सन् १८३० को दशकमा निर्माण गरिएको उक्त मस्जिदले दशकौँदेखि विश्वका सबै भागका मुस्लिम धर्मावलम्बीका लागि ढोका खोलेको कादुना राज्यका गभर्नर उबा सानीले बताए ।

नाइजेरियामा भवन भत्किने घटनाहरू असामान्य छैनन् । स्थानीय विशेषज्ञहरूले भवनहरू भत्किनुलाई अति पूराना संरचना, भवन योजना तथा नियमहरूको गैर–अनुपालन र निर्माणको समयमा गुणस्तरहीन सामग्रीहरूको प्रयोगको लागि दोष दिन्छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ०६ बजे

‘अबको ३० वर्षपछि सगरमाथामा हिउँ नै नदेखिने हो कि ?’

मैले सन् २००८ र सन् २०१८ मा खिचेका सगरमाथा क्षेत्रका

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ – सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको

बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु

नारायणगढ– बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको

अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च

वासिङ्टन- अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र

पश्चिमसँग सहकार्य गर्न रुस तयार, द्वन्द्व भए सामना गर्ने चेतावनी

एजेन्सी– रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले रुसप्रतिको शत्रुतापूर्ण व्यवहार