सौराहामा हात्तीलाई वनभोज « Khabarhub

सौराहामा हात्तीलाई वनभोज


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन – बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो ।

सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उहाँले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको भन्दै सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण सङ्कलन गरिरहेको जानकारी दिए । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् । सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका ५०, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको पर्यटन विकासमा हात्तीको महत्वको चर्चा गर्दै सफारी पर्यटनलाई जीवित राख्ने उद्देश्यले हात्ती दिवस मनाइएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ सौराहा, रेवान सौराहाको सहआयोजना तथा लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको सहयोगमा दिवस मनाइएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ४७ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी