एउटै तापक्रममा दूध उम्लिएर पोखिन्छ, पानी किन पोखिँदैन ? « Khabarhub

एउटै तापक्रममा दूध उम्लिएर पोखिन्छ, पानी किन पोखिँदैन ?


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले याद गर्दै आएको कुरा हो एउटै तापमा दूध तताउन राख्दा उम्लिएर जान्छ तर पानी उम्लिएर जाँदैन । यो किन भएको होला भन्ने कौतूहल सबैलाई हुन सक्छ ।

आज हामी यसैका बारेमा जानकारी गराउँदै छौँ । के होला त यसको कारण ?

दूधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र विभिन्न खालका खनिज हुन्छन् । यसका साथै दूधमा ८७ प्रतिशत पानी, ४ प्रतिशत प्रोटिन, ५ प्रतिशत ल्याक्टोज पाइने भएकाले बिरामी, बालक, युवा, वृद्धवृद्धा सबैका लागि उपयोगी मानिन्छ ।

दूध उम्लिएर पोखिनुको प्रमुख कारण भनेको दूधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज पाइन्छ ।

ती तत्त्वहरू तातो हुने बित्तिकै दूध माथि तैरिन थाल्छन् । दूधमै भएको प्रोटिन र चिल्लो पदार्थसमेत अलग हुन्छन् । निकै सानो कणको रूपमा छुट्टिने हुँदा हामीले यो कुरा देख्दैनौँ ।

यसरी छुट्टिने क्रममा दूधमा भएको प्रोटिन र चिल्लो पदार्थ माथिल्लो भागमा भएर ढकनीको काम गर्छ भने दूधमा भएको पानी तल्लो भागमा बढी तात्दै जान्छ । त्यो पानी तातेपछि बाफको रूपमा बाहिर जान खोज्दा दूधमा भएको चिल्लो पदार्थले माथिबाट ढाक्छ (जसलाई हामी तर पनि भन्ने गर्छौँ) ।

यो क्रममा दूधमा रहेको पानीको आयातन बढ्दै जान्छ र यसले माथिल्लो भागलाई धकेल्दै लैजान्छ । यो प्रक्रिया बढ्दै जाँदा माथिल्लो पत्र भाँडो बाहिर निस्कने गर्छ र बाँकी भएको दूध भाँडोमा नै उम्लिरहन्छ ।

अब पानी चाहिँ किन उम्लिएर जाँदैन त ? पानीमा दूधमा जस्तो कुनै पनि खालको फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन हुँदैन जसको माध्यमबाट माथि पत्र बन्न पाउँदैन । यसरी पत्र नबनेपछि बाफलाई बाहिर निस्कने बाटो चाहिँदैन ।

उम्लिएको पानीमा बाफ निस्कनका लागि बाधा हुँदैन त्यसैले पानी भाँडोमा नै उम्लिरहन्छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ५५ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था