समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित « Khabarhub

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाको आज सुदूरपश्चिम प्रदेशमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि सन्देशसभा स्थगित गरिएको बताइएको छ ।

सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।

जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भने हिजो नै धनगढी पुगिसकेका थिए ।

यसअघि भदौ १३ गतेका लागि तय भएको सन्देशसभा नेत्रविक्रम चन्द ‘विप्लव’ नजाने भए पछि स्थगित गरेर आजका लागि निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ५४ बजे

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।