ब्रेकिङ स्टोरी

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

By खबरहब

September 12, 2023

काठमाडौँ– सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।

उनले एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताए ।

उनले भने, ‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको हृदयघातबाट गएराति निधन भएको थियो ।