नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’ « Khabarhub

नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

हृदयघातका कारण गएराती निधन भएका नेम्वाङलाई ‘हितैषी मित्र’को रुपमा स्मरण गर्दै ओलीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गरेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले दिएको योगदान सधैँ सम्झिरहने छौ।’

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको जनाउँदै ओलीले भनेका छन्– ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी ।’ 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ४८ बजे

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।