अमरगढी–१ का वडा सचिव मृत फेला | Khabarhub Khabarhub

अमरगढी–१ का वडा सचिव मृत फेला


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो ।

अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यस अगाडि अमरगढी –१० का सचिव थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : ११ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता