'कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ' | Khabarhub Khabarhub

‘कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताएका छन् ।

आज मकवानपुरगढी गाउँपालिका–५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताए।

उनले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताए। मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उनले धन्यवाद समेत व्यक्त गरे। उनले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताए।

माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्यहरु इन्द्रबहादुर बानियाँ, कञ्चन बादे, एकालाल श्रेष्ठ, द कोकाकोला फाउन्डेसनका प्रतिनिधि आदित्य पाण्डा, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

द कोकाकोला फाउन्डेसनको क्रमागत आर्थिक सहयोगमा यसवर्ष रु एक करोड ९० लाख लगानीमा महिला होस्टेल, तालिम हल र २० वटा गाई अट्ने गोठ निर्माण गरिने कार्यक्रम प्रबन्धक रामशरण पौडेलले बताए ।

सुकौरा एग्रो प्रालिको नाममा रहेको ६५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन निःशुल्क भाडामा लिएर माछापालन, कुखुरा, बङ्गुर, गाईभैँसी, तरकारी खेती गर्ने लक्ष्य लिइएको पौडेलको भनाइ छ । “जग्गा १० वर्षका लागि भाडामा लिएका छौँ, यसलाई पछि थप्दै ३० वर्षसम्म गर्ने योजना छ”, पौडेलले भने ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : १७ बजे

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज–  सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा