सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित | Khabarhub Khabarhub

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजना निर्माण विसं २०७३ देखि सुरु भएको थियो । यस आयोजनाबा लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिएका छन् ।

‘आयोजनाबाट अहिलेसम्म चार सय ४२ घरघुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ’, उनले भने, ‘करिब पाँच सय घरघुरीमा खानेपानी वितरण गर्ने आयोजनाको लक्ष्य रहेको छ ।’

शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित सोती खोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर उपभोक्तालाई वितरण गर्न सुरु गरिएको हो । ‘मूलबाट तीन ठाउँमा लिफ्टिङ ट्यांकी निर्माण गरी उपभोक्तालाई आयोजनाले खानेपानी वितरण गर्दै आएको छ’, उनले भने, ‘मूलबाट डिप्लिङ खोरियामा एक लाख ५० हजार, रातोमाटेमा एकलाख र मुख्य वितरण गर्ने शिखरआहाल डाँडामा दुईलाख लिटरको ट्यांकी निर्माण गरी पानी वितरण गरिएको हो ।’

आयोजना निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु दुई करोड ८४ लाख ७१ हजार पाँच सय ५५ खर्च भएको अध्यक्ष कुँवरले जानकारी दिए।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ४२ बजे

कोशी प्रदेश सरकार र बीमा प्राधिकरणबीच अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर

वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउँछौँ : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक क्षेत्रको दिगो विकासका

सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन