राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’ « Khabarhub

राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

मुम्बई- शाहरुख खान स्टारर ‘जवान’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको छ ।

फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो ।

यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल र तेलुगू संस्करणमा फिल्मले ३४ करोड भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

साथै, ‘जवान’ छोटो समयमै २५० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ । शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो ।

तरण आदर्शका अनुसार सोमबार पनि जवानले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत मिलेको छ । चार दिनमै ‘जवान’ ले विश्व बजारमा ५३१ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘पठान’ पछि शाहरुखको अर्को फिल्मले विश्व बक्स अफिसमा ५०० करोड भारुको सफलता पाएको हो । अमेरिकामा ‘जवान’ ले हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरलाई पनि पछाडि पारेको जनाइएको छ ।

जवानले ८१३ वटा उत्तर अमेरिकी बजारबाट ६।२ मिलियन डलर कमाएको छ । कृष्ण जन्माष्टमीमा रिलिज भएको जवानमा शाहरुखसहित नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतको शीर्ष भूमिका छ । फिल्मलाई एट्लीले निर्देशन गरेका हुन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३२ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम