‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा « Khabarhub

‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् ।

भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । बक्स अफिसमा यसलाई अल्लु अर्जुन भर्सेस अजय देवगण, निर्देशक सुकुमार भर्सेस रोहित शेट्टीको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । अघिल्लो भागले भारतको राष्ट्रिय अवार्डमा सर्वश्रेष्ठ अभिनेता र संगीत निर्देशक विधा जितेको थियो । फिल्ममा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा रहनेछन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ४२ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा