आज २०८० साल असोज २५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल असोज २५ गते बिहीबारको राशिफल


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८० साल असोज २५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ।

सिंह : दिन राम्रो छ। बोलीमा मिठास रहनेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या : दिन राम्रो नै छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला : सामान्य दिन राम्रो छ। खुसी मिल्नेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ : मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन : आम्दानी बढ्नेछ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनुहोला। रोगको प्रकोप बढ्ने देखिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : ३२ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल