प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरिने


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् ।

यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाका लागि दिएको समयमा संयुक्त र एकलरूपमा एकसय ५० संशोधन दर्ता भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेका छन् ।

आजको बैठक प्रतिनिधिसभा, २०७९ को दोस्रो अधिवेशन अन्तर्गत ६२औँ बैठक हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : ०६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस