फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा « Khabarhub

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ ।

यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले हिजो २३ सदस्यीय टोली घोषणा गरेका थिए । 

उनले नेपाली डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै टोली घोषणा गरेका हुन् ।

योसँगै हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार