गाँजा सीमा क्षेत्रको दर्दनाक दृश्य | Khabarhub Khabarhub

गाँजा सीमा क्षेत्रको दर्दनाक दृश्य


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

किफुर काजम युद्धको नितान्त आन्तरिक अवस्था झल्काउन पर्याप्त एउटा ग्रामीण परिवेशको कथा बोकेको ठाउँ हो। यो गाउँको कथा अबको लडाइँ कसरी बुनिने छ भन्ने कुराको आधार हो।

गाँजाको सीमा क्षेत्रसँग जोडिएको यो एउटा ग्रामीण सम्प्रदायको अवस्था अब कसरी अघि बढ्छ भन्ने प्रतीक्षाको विषय हो।शनिवार बिहानदेखि हमासले लगातार आक्रमण गरेपछि त्यहाँ ढलेका शवहरू निकाल्न सबै जनालाई भ्याइ नभ्याई छ।थाहा छैन यो दिन अझ कत्ति समय जाने हो।

उपचार भइरहेका मानिसका शरीरका भग्नावशेष जम्मा गरेर सेनाहरू वाक्क भएका छन्।उनीहरूलाई विपक्षीसँग भिड्ने कि घाइतेलाई बचाउने भन्ने कुराको चटारो छ।उनीहरूकै भाषामा यो हमासले मच्चाएको नरसंहार हो।सबैभन्दा धेरै क्षति शनिवारको पहिलो चरणको आक्रमणमा नै भएको थियो।

किबजुलाई फेरि आफ्नै नियन्त्रणमा लिनका लागि इजरायली सेनालाई १२ घण्टा लागेको थियो।त्यहाँको सबै भन्दा अनुभवी जत्था मानिएको युनिट ७१ का उपप्रमुख डेभिड बेन जीयनका अनुसार शनिबारको त्यो अवस्था सम्झँदा पनि आङ सिरिङ्ग हुने किसिमको थियो।धेरैको जीवन बचाउन सकेकोमा उनीहरू खुसी छन्।तथापि मर्नेप्रति पनि त्यत्तिकै दुखी ।उनकै विचारमा हमासको आक्रमण एउटा हिंस्रक जनावरले निहत्था माथिको प्रहार झैँ नै थियो।

बिहान ब्रेकफास्टको समयमा परिवारसँग रमाइरहेकै समयमा निहत्थामाथि एकै पटक आक्रमण गरेर बच्चा, बयोवृद्ध र रोगी कोही पनि वास्ता नगरेको डेभिडको अनुभव छ।

कतिपयको समातेर टाउको नै गिँडिएको थियो।हरेक व्यक्ति प्रति हमासको आक्रमण घृणा गर्न लायक थियो।त्यसै आक्रमण देखेका कारण सिङ्गो संसारले अहिले इजरायलको पक्षमा एक्यबद्धता जनाउनु आवश्यक रहेको इजरायली सेनाको कथन छ।ती सेनालाई आश्चर्य लागेको विषय भने एउटै थियो।राजनीतिक तथा सीमाको विवादका कारण सेना बिचको झडप हुने गरेको थियो।घरमा नै गएर मानिस मार्ने यो प्रवृत्ति अमानवीय घटनाको चरम ज्यादती भएको उनको ठहर छ।यसमा सिङ्गो संसारको ध्यान आकृष्ट हुनु जरुरी भएको उनको भनाइ छ।

अर्का एक सैनिक अधिकारी रगताम्मे भएको स्लीपीङ ब्याग हेरेर टोलाउँछन्।त्यहाँ सुनिएको गोली गाँठा बाहिरिएको देखिन्छ। एक माहिला मारिएर उनकै घर अगाडि बगैंचामा फालिएकी छिन्।त्यहाँ हमासले प्रहार गरेको गोली लागेको प्रस्ट देख्न सकिन्छ।

बन्दुकधारी हमासबाट युद्ध अपराधका अनेकन् घटना भएको एउटा उदाहरण नै त्यहाँ देख्न सकिन्छ।अन्य इजरायली समुदाय जस्तै त्यहाँको समुदायमा चिन्ता र आश्चर्य दुवै छाएको छ ।

किबबाजका घरमा गार्डको काम गर्ने सबै जसो हमासको लडाकुबाट मारिएका छन्।तिनीहरूको शव पनि मंगलबार बिहान अन्य इजरायलीको जस्तो कालो प्लास्टिकमा पोको पारेर अन्यत्र कतै लगेर राखिएको छ।सन् २००७ मा हमासले गाँजामा नियन्त्रण लिए यता इजरायली सीमामा रहेकाहरूले यसै किसिमको दमनको सामनाको अनुमान भने धेरै पहिलेदेखि नै हुँदै आएको थियो ।

सुरुवाती यहुदीको प्रभाव र आधार क्षेत्र रहेको सो क्षेत्रमा उनीहरूले कुनै पनि किसिमको घटनाको जोखिम मोलेर नै बस्दै आएका थिए।

हमासको आक्रमणलाई छाड्ने हो भने कफर अजालगायत सीमा क्षेत्रमा रहनेहरूको जीवन अत्यन्त सुविधाजनक थियो ।

विगतमा हमासले रकेट प्रहार गरे पनि घर भन्दा बाहिर कतै प्रहार गर्ने गरेकाले यसले उनीहरूको जीवनमा खासै प्रभाव पारेको थिएन। धेरै घरहरू सुरक्षित तवरले बनाइएका थिए।घर भित्र नै सबै किसिमको सुविधा उपलब्ध थिए।इजरायलका कसैले पनि हमासले यसरी घरमा नै गएर मानिसहरूको हत्या गर्ने दिनको कल्पना गरेका थिएनन्।

इजरायलीहरूको डर क्रोधको भाव पनि त्यहाँ एकै पटक झल्किएको थियो।आफ्नो नागरिकको जीवन रक्षा गर्न नसक्ने इजरायली सेनाप्रति त्यहाँको नागरिकको आक्रोश समेत थपिएको छ।त्यहाँ पर्ने हमास लडाकुहरूको शव घामको तापले कुहिने अवस्थामा पुगेका छन्।कतिपय शवहरू झाडीमा त्यत्तिकै रहेका छन्।कति शवहरू भने अन्य अलपत्र छन्।

कतिपय लडाकुहरू मोटरसाइकलमा त्यहाँ आक्रमणका लागि आएका थिए।यसरी मर्नेहरूको मोटरसाइकल छेउमै ढलेका छन्।कफर अजा नियन्त्रणका लागि केही हवाई आक्रमण पनि भएका थिए।फेरी पनि यसै किसिमको आक्रमणको सम्भावना छ।

मंगलबार बिहान भने त्यस स्थानमा इजरायली सेनाले घेरा हाली रहेका थिए।रेडियोबाट पनि सेनाले आफ्नो कुराको जानकारी गराइ रहेको थियो।गाँजामा कमान्डरले समय समयमा फायर खोल्नका लागि आदेश दिइरहेका थिए।यसले गाँजा अझ केही समय तनावमा रहने निश्चित झैँ देखिएको छ।

शनिबार आफ्नो नागरिकको यत्ति धेरै मात्रामा हत्या भए पनि इजरायली सेना अहिले अत्तालिएको छ।हमासलाई सखाप पार्न चाहे पनि त्यो सहज छैन।अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्गठनहरूले सामान्य नागरिकको हत्याको विषयलाई मुद्दा बनाइ रहेको छ।

इजरायली सरकारले हमासले नागरिकको हत्या गर्नु र हवाई आक्रमणमा नागरिकको मृत्यु हुन फरक भएको बताउँदै आएको छ।

केही समयपछि नै अवकाशको तयारीमा रहेका मेजर जनरल इटाइ भेरभ इजरायलको युद्धका हरके नियमको सम्मान गर्ने बताउँछन्।‘हामी आक्रामक भएका छौं।हामी बलिया छौं तथापि हामी युद्धको नियम भन्दा बाहिर जाँदैनौ।किनकी हामी यहुदी हौं,’ उनले भने।

धेरै प्यालेस्टाइनी सर्वसाधारणको समेत ज्यान गएपछि आलोचना भइरहेको समयमा पनि उनले इजरायलले युद्धको मूल्य मान्यताको रक्षा गरेको विषयमा आफ्नो जिकिर राखी रहेका छन्।

युद्धको सुरुवाती दिनमा इजरायली सेनाहरू आत्तिएका थिए।सर्वत्र देखिएका विपक्षी सेनाको जमातले उनीहरूलाई आजित बनाएको थियो।त्यस समयमा लडाइँ गर्नु या भिड्नु उनीहरूका लागि अत्यन्त कठिन थियो।अहिले इजरायली सेनाको गाँजा क्षेत्रमा प्रवेश गर्दै पूर्ण कब्जा जमाउने विश्वास जाग्न थालेको छ।

सुरुवाती दिनमा नै धक्का सहेको स्थानमा अहिले नेतृत्व गरीरहेका डेभिड बेन जीयोनी इजरायलीहरू विभिन्न कुरामा अल्झिएको समयमा सो आक्रमण भए पनि विस्तारै सबै ठिक हुने विश्वास व्यक्त गर्छन्।उनको विचारमा अबको केही दिनमा हमासको अवस्था एकदमै खराब हुनसक्छ ।

भूमध्य सागरबाट तातो हावा बहेको छ।त्यसै समयमा ढलेको शव उठेका छैनन्।एउटा क्षेत्रमा नै डरलाग्दो र सहनै कठिन हुने गन्ध फैलिएको छ।धेरै स्थानका यी शवहरू बाहिर नआउन पनि सक्छन्।सीमाको अवस्था अझ खराब हुँदै गएको छ।सायद अबको महिनासम्म पनि सहज हुनेछैन।
स्रोतः बीबीसी

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ८ : ०३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको