आश्वासनमा अल्झिएको चीन भ्रमण | Khabarhub Khabarhub

आश्वासनमा अल्झिएको चीन भ्रमण



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न चीन भ्रमण नेपालले अपेक्षा गरे अनुसार सफल हुन सकेन।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएको १२ बुँदे समझदारीबाट नेपाललाई आर्थिक लाभ हुने सम्भावना देखिएन।तर उत्तरी छिमेकी चीनलाई नेपालको भलो चिताउने मित्र राष्ट्रको रुपमा परिभाषित गर्नेहरुको लामो फेहरिस्त छ।

कतिपयमा त चीनबाट गल्ती नै हुन सक्दैन भन्ने अति विश्वास रहेको छ।कतिपयले त चीनको देवत्वकरण नै गरिदिएका छन्।जबकी अन्य मित्र राष्ट्र जस्तै चीनको समीक्षा पनि समय समयमा गुण र दोषको आधारमा हुनुपर्ने हो।उत्तरी छिमेकीले नेपाललाई केवल आवश्वासनको पोको मात्रै थमाएको छ ।

आफ्नो चीन भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा ठुला पूर्वाधार निर्माणमा चिनियाँ सहयोगका लागि अनुरोध गरे।दुई पक्षीय वार्तामा पनि प्रधानमन्त्रीले नेपालले चीनसँग सडक, हवाई कनेक्टिभिटी, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताए।
उनले नेपालमा कृषिमा आधारित उद्योग र औद्योगिक पार्क स्थापनाका लागि चीनबाट सहयोगको अपेक्षा राखेका थिए।नेपालका तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला र चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका बेला पनि विभिन्न बुँदामा सहमति एवं सम्झौता भएका थिए।तर तीमध्ये अधिकांश विषय अहिले पनि उस्तै छन्।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला पनि विभिन्न १२ बुँदामा सहमति भएका छन्।सहमति भएका बुँदामा हिल्सा–सिमकोट सडक आयोजना र नेपाल–चाईना पावर ग्रीड इन्टरकनेक्शन प्रोजेक्ट (चिलिमे–केरुङ)समझदारीलाई महत्त्वपूर्ण मानिन्छ।तर चीनलाई नेपालको बिजुली चाहिएको छैन।फेरि उपरोक्त निर्माण कार्य पनि चीनकै ऋणमा हुनेछन्।

भोलि फेरि पनि चीनले पोखरा विमानस्थल जस्तै योे पनि बिआरआई अन्तरगतकै ऋणबाट निर्माण भएको दाबी गर्यो भने हामीले के गर्ने ? प्राचीन ग्रन्थ प्रकाशन र प्रकाशन सम्बन्धी समझदारी कतै जिसिआई (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ) को अंग त होइन भन्ने प्रश्न उठनु पनि अस्वभाविक होइन ।राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य सम्बन्धी सहमति कार्यान्वयनमा आएपछि मात्रै समीक्षाको विषय बन्नेछ।
दुई देशबीचको दुई पक्षीय व्यापार नेपालले भोग्दै आएको ठुलो आयतनको व्यापार घाटालाई कम गर्ने विषयमा ठोस सहमति भएन।

कम्पको आठ वर्ष पाँच महिनापछि उत्तरी नाका सञ्चालनमा आए पनि नेपालबाट निर्यात नहुँदा स्थानीय र व्यवसायी निराश छन्।
गत वैशाख १८ मा निर्यात, भदौ १५ मा तातोपानी नाका सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो।पूर्ण रुपमा खोलिएको नाकामा हालसम्म चिनियाँले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेका छन्।आयात दिनहुँ बढ्दो रहेको र निर्यात शून्य जस्तै भएपछि यहाँका व्यवसायी दिक्क भएको भोटेकोशी चेम्बर अफ कमर्शको गुनासो छ।

स्थानीय व्यवसायीलाई नेपालबाट कुनै पनि स्थानीय उत्पादन र सामग्री चिनियाँ बजारमा लैजान दिइएको छैन।तातोपानी नाका चिनियाँ सामग्री बेच्न खोलिएको जस्तै भयो।सीमा गाउँमा उत्पादित अर्गानिक साग, निगुरो फलफूल समेत चिनियाँ बजारमा लैजान दिएको छैन।नेपालमा बनेको एक पोका चाउचाउ लैजान त धेरै परको कुरा हो।चिनियाँ मालसामान मात्रै बेच्ने चीनको नीतिले नेपालीलाई फाइदा हुँदैन।चीनको यो एकलौटी व्यवहारले यहाँका सम्पूर्ण व्यवसायी पनि चकित भएका छन्।

मितेरी पुल पारिका चिनियाँ बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउन पनि सीमामा सुरक्षाकर्मीबाट घण्टौ रोकेर झन्झटिलों बनाउने काम भइरहेको गुनासो पनि स्थानीय जनताको छ।भूकम्प अघि नेपाली उत्पादनका हस्तकला वनस्पति, जडीबुटी, चाउचाउ लगायतका दुई सय जति माल सामान तातोपानी नाकाबाट चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुन्थे।यहाँका सयौं व्यापारी निर्यातमा निर्भर थिए।तर चीनले निर्यात ठप्प जस्तै बनाएपछि नेपाली व्यापारी मर्कामा छन्।

वैशाख १८ मा निर्यात खुले लगत्तै ४३ लाख बराबरका सामग्री चीनमा पैठारी गरिएको थियो।त्यसयत्ता कुनै निर्यात हुन सकेको छैन।निर्यात लगभग शून्य छ।बरु चीनले आयातलाई प्राथमिकता दिएको छ ।पहिले दिनमा सात कन्टेनर भित्रिन्थे, अहिले १० देखि १२ कन्टेनर मालसामान आइरहेको छ।

नाका खुलेको दिनबाहेक सामग्री अर्डर शून्य छ।चीनसँगको दुई पक्षीय व्यापारमा पनि नेपालतर्फ चीनले दुई खर्ब भन्दा बढीको निर्यात भएकोे जबकी नेपालबाट निर्यात शून्य छ।चीनसँगको दुई पक्षीय व्यापारमा पनि नेपालतर्फ चीनले दुई खर्ब भन्दा बढीको निर्यात गरेको छ।जबकी नेपालबाट चीनमा जाबो दुई अर्बको सामन मात्र निर्यात भएको छ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्ड चीन जानु अघि गण्डकी प्रदेशका उद्योग व्यवसायीले मुस्ताङको कोरला नाका खोल्न र पोखरा विमानस्थलमा चिनियाँ सहरबाट उडान सञ्चालन गर्न पहल गर्नुपर्ने मागपत्र पोखरामा भेटेरै बुझाएका थिए।प्रचण्ड चीन भ्रमणबाट फर्किसकेपछि उनले यी दुवै एजेण्डामा चीन सकारात्मक रहेको प्रतिक्रिया दिए पनि कहिले खुल्छ भने यकिन छैन। त्यसैगरी चीनसँग सीमा जोडिएका नेपाली क्षेत्रका जनता विगत साढे आठ वर्षदेखि सीमावर्ती चिनियाँ बजारमा प्रदेश गर्न नपाएका कारण आफ्नो दैनिक उपभोगका वस्तुको अभावदेखि लिएर मानसरोवरको पवित्र जल लिनबाटसमेत बञ्चित भएको अवस्था छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा चीनले नाका खुला गर्ने आश्वासन दिए पनि विगतमा जस्तै दुई चारका दिनका लागि सिमानाका खुला गरेर फेरि पुरानै परिस्थिति त निम्त्याउने होइन भन्ने चिन्ता पनि सिमावर्ती क्षेत्रका जनतामा रहेको देखिन्छ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा नेपालको पक्षलाई प्रष्ट रुपमा राख्न सफल भएका छन्।प्रधानमन्त्रीले चिनियाँ सञ्चार माध्यम ग्लोबल टाईम्सलाई दिएको अन्तरवार्तामा चीन र भारत दुवैसँग नेपालको सम्बन्ध असल छिमेकी शान्तिपूर्ण सहज अस्तित्व र असंलग्न परराष्ट्रनीतिको सिद्धान्तबाट निर्देशित रहेको बताए।

नेपालले चीन र भारतसँग स्वतन्त्र रुपमा व्यवहार गर्दछ तथा दुवै छिमेकीसँग हाम्रो सुमधुर सम्बन्ध रहेको बताएका थिए।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपालले चाहेको जस्तो सफल भएन ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ९ : ५१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः