यू–१९ प्रिमियर कप : नेपालद्वारा इरानसामू ३ सय ५४ रनको विशाल लक्ष्य « Khabarhub

यू–१९ प्रिमियर कप : नेपालद्वारा इरानसामू ३ सय ५४ रनको विशाल लक्ष्य


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानविरुद्ध ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको बान्गीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो ।

नेपालका देव खनालले १ सय रनको शतकीय इनिङ खेले । यस्तै, दीपक प्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रनको अर्धशतकीय पारी खेले । यसैगरी, दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ तथा सुवास भण्डारीले १८ रन बनाए ।

इरानका दाद्रहमान राइसी र सल्मान निआजमान्डले समान तीन– तीन विकेट लिए । यस्तै, जेइद साइसी र समान शेखीले दुईदुई विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेबिया र इरान रहेका छन्।

नेपालले दोस्रो खेल असोज २८ गते बहराइनसँग र तेस्रो खेल कात्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन, समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया छन्।

शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्ष मुनिको एसिया कप खेल्न पाउनेछन् । यो विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ०२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ