यू–१९ प्रिमियर कप : नेपालद्वारा इरानसामू ३ सय ५४ रनको विशाल लक्ष्य | Khabarhub Khabarhub

यू–१९ प्रिमियर कप : नेपालद्वारा इरानसामू ३ सय ५४ रनको विशाल लक्ष्य


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानविरुद्ध ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको बान्गीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो ।

नेपालका देव खनालले १ सय रनको शतकीय इनिङ खेले । यस्तै, दीपक प्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रनको अर्धशतकीय पारी खेले । यसैगरी, दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ तथा सुवास भण्डारीले १८ रन बनाए ।

इरानका दाद्रहमान राइसीसल्मान निआजमान्डले समान तीन– तीन विकेट लिए । यस्तै, जेइद साइसी र समान शेखीले दुईदुई विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेबिया र इरान रहेका छन्।

नेपालले दोस्रो खेल असोज २८ गते बहराइनसँग र तेस्रो खेल कात्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन, समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया छन्।

शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्ष मुनिको एसिया कप खेल्न पाउनेछन् । यो विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ११ : ०२ बजे

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो