‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’ « Khabarhub

‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धिले फड्को मार्न नसक्ने र राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन् ।

मुलुकको समृद्धि र विकासको प्रक्रियालाई तीव्रता दिएर शिक्षा, स्वास्थ्य रोजगारी लगायतका जीवनका आवश्यकताहरू जनताले पूर्ति गर्ने अवस्था ल्याउनुपर्ने उनले बताए । उनले अहिलेको राष्ट्रिय कार्यभार पुरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने बताए ।

 अपराध, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको स्थापना गर्ने अहिलेको कार्यदिशाको प्रमुख अंग गरेको उनको भनाइ छ । उनले सुशासनको अभियानलाई कमजोर पार्ने प्रयत्न भइरहको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ३७ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले