‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’ « Khabarhub

‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धिले फड्को मार्न नसक्ने र राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन् ।

मुलुकको समृद्धि र विकासको प्रक्रियालाई तीव्रता दिएर शिक्षा, स्वास्थ्य रोजगारी लगायतका जीवनका आवश्यकताहरू जनताले पूर्ति गर्ने अवस्था ल्याउनुपर्ने उनले बताए । उनले अहिलेको राष्ट्रिय कार्यभार पुरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने बताए ।

 अपराध, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको स्थापना गर्ने अहिलेको कार्यदिशाको प्रमुख अंग गरेको उनको भनाइ छ । उनले सुशासनको अभियानलाई कमजोर पार्ने प्रयत्न भइरहको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  २ : ३७ बजे

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको

खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय

काठमाडौं– नेपालीहरूको प्रमुख चाड दसैँ देशभर मनाइरहँदा काठमाडौंको खोकनामा भने

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु