प्रहरीको गोली लागेर एक जना घाइते | Khabarhub Khabarhub

प्रहरीको गोली लागेर एक जना घाइते


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उनले भने, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जबाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’  घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरूको साथबाट सात राउन्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ३ : ०१ बजे

रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ

तनहुँमा अजिङ्गर फेला

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको