भारतमा रेल दुर्घटना चार जनाको मृत्यु, कयौँ घाइते | Khabarhub Khabarhub

भारतमा रेल दुर्घटना चार जनाको मृत्यु, कयौँ घाइते


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयौँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो । 

स्थानीय सञ्चार माध्यममहरूले अधिकारीहरूलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए। उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी केन्द्रीय अनुसन्धान ब्युरोले जाँच समेत गरीरहेको छ । 

यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ३ : ०८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय